Connect IPS
IME Life

लकडाउनमा नेपाल लाईफः अभिकर्ताको संरक्षण, म्याचुरिटी भुक्तानीमा जोड

SPIL
NIC ASIA new
Sanima Reliance

 

काठमाडौं । कोरोना महामारीका कारण सिंगो देश ठप्प छ । पौने तीन करोड जनता घरैमा लकडाउनमा परेका छन् । लकडाउनका प्रत्यक्ष अप्रत्यक्ष प्रभाव सिंगो बीमा क्षेत्रमा पनि परेको छ । यही सन्दर्भमा नेपालकै पहिलो नम्वरमा रहेको जीवन बीमा कम्पनीले लकडाउनमा कसरी काम गरिरहेको छ ? प्राथमिकता के के मा छ ? नेपाल लाईफका सिईओ विवेक झाको विचार उहाँकै शब्दमा:-

Prabhu
Crest

बीमा सेवा पहिलो प्राथमिकता
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा सेवालाई पहिलो प्राथमिकतामा राखेको जनाएका छ । सोही कारण लकडाउनकै अवधीमा करिब तीन करोड रुपैयाँ बीमा शुल्क संकलन हुन पुगेको छ । कम्पनीले अनलाईन वा कुनै पनि माध्यमबाट बीमा सेवा खोज्ने सेवाग्राहीलाई जुनसुकै हालतमा सेवा दिनुपर्दछ भन्ने मान्यताले काम गरिरहेको छ । नेपाल लाईफले बीमा शुल्क भुक्तानी सरल माध्यमबाट गर्न सकिने व्यवस्था गरेको छ । त्यस्तै अनलाईनबाटै पनि सेवा लिन सजिलो होस् भनेर हाम गरिरहेका छौं ।

अभिकर्ताको संरक्षण पहिलो रणनीति
नेपाल लाईफ आफ्ना अभिकर्ताहरुलाई कम्पनीको मेरुदण्डको रुपमा स्वीकार गर्दै सधैं उहाँहरुको संरक्षणको लागि काम गर्दै आएको छ । लकडाउनको अवधीमा उहाँहरुलाई आर्थिक अभाव नहोस् भनेर पाउनु पर्ने कमिशनहरु बैंकमार्फत पठाइ नै रहेका छौं । अभिकांश अभिकर्ताहरुलाई कमिशन पठाइरहेका छौं । बैंक बन्द छ, सिष्टममा समस्या छ तै पनि अभिकर्ताहरुलाई परेका हरेक अप्ठेरोमा हामीले साथ दिइरहेका छौं । अभिकर्ताहरुलाई अझै के गर्न सक्छौं छलफल गर्दैछौं । सबै अभिकर्ताहरुसँग नियमित सम्पर्क गरिरहेका छौं ।

अनलाईनमार्फत बीमा सेवा निरन्तरता दिने प्रयास
हामीले यही बीचमा एप्स लन्च गर्यौं । अनलाईनमार्फत बीमा सेवा प्रवाह गर्न हामी प्रतिबद्ध भएर काम गरिरहेका छौं । देश विदेशमा रहनु भएकाहरुलाई अनलाईनबाटै बीमाबारे जनचेतना जगाउने काम समेत गर्दै आएका छौं । हालसम्मकै सबैभन्दा धेरै जिज्ञाशाहरु अहिलेको समयमा आएको छ । हामीले जिज्ञाशाहरुको सम्बोधन गर्ने प्रयास गरिरहेका छौं । त्यस्तै हामीले अनलाईनबाटै बीमा नविकरण समेत गर्दै आएका छौं । यस अवधीमा झण्डै तीन करोड रुपैयाँ नविकरण शुल्क उठेको छ । त्यो हामीले मागेका होइनौं । बीमितले मेरो बीमा रिक्त राख्दिन म भुक्तानी गर्छु भनेर तिर्नु भएको पैसा हो ।

म्याचुरिटी भुक्तानीमा जोड
बीमितलाई प्रवाह हुने सेवामा कुनै कमी नहोस् भनेर हामी क्रियाशील रहेका छौं । यसै क्रममा म्याचुरिटी भुक्तानी प्रक्रिया पनि अनलाईनबाटै कार्य सम्पन्न गर्ने प्रयास गरेका छौं । लकडाउनकै अवधीमा करिब ५० लाख रुपैयाँ हामीले म्युचुरिटी भुक्तानी गर्न सफल भएका छौं । आजको मितिमा कुनै पनि अवधी पूरा भएको बीमितले अनलाईनबाटै जानकारी गराएको आधारमा हामीले भुक्तानी गर्दै आएका छौं । बीमितको अवधी पूरा भएको रकम फिर्ता गर्ने कुरालाई लकडाउनको अवधीमा पनि हामीले प्राथकितामा राखेर काम गरिहेका छौं । यो महामारीमा तयार भएको रकम उहाँहरुले पाउनुपर्दछ भन्ने हाम्रो मान्यता छ । इमेल वा डिजिटल माध्यमबाट सम्पर्क गरी हामीलाई आफ्नो दावी पठाउनु होला र तयार भएको रकम हामी सजिलो प्रक्रियाद्वारा भुक्तानी दिइरहेका छौं । तपाईहरुको बैंक खातामै पठाईदिने व्यवस्था समेत गरेका छौं ।

सुरक्षित रहौं, समाजलाई सुरक्षित राखौं
विश्वमा फैलिएको कोरोना महामारी नेपालमा फाट्टफुट्ट देखिइसकेको छ । यस्तो सन्दर्भमा सबैलाई सुरक्षित रहन हामीले आह्वान गर्दै आएका छौं । फेरि पनि हाम्रो आग्रह छ, ‘कृपया सबैजना घरभित्रै बसेर लकडाउन पालना गरी सरकारलाई सहयोग गर्नुहोला ।’ लकडाउनमा घरैमा बसेर जीवन बीमा बारेमा जिज्ञाशा लागेमा बीमा कम्पनीलाई सम्पर्क गरेर बुझ्ने प्रयास गर्दा खेर जादैन ।  (कुराकानीमा आधारित)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS