काठमाडौैं । मेगा बैंकले आफनो ग्राहकहरुलाई घरमै बसेर औषधी खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने भएको छ । बैंकले लकडाउन अवधिभरको विषम परिस्थितिमा आफना गा्रहकहरुको स्वास्थलाई मध्यनजर गर्दै केन फार्मेसीसँगको सहकार्यमा घरमै औषधी पुराउने व्यवस्था मिलाएको जनाएको छ ।
औषधी खरिदमा बैंकका ग्राहकले मोबाइल बैंकिङ तथा डेबिट र के्रडिट कार्डको प्रयोग गरेर खरिद गरेको खण्डमा बैंकले १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। बैंकका अनुसार काठमाडौंको तिनकुनेस्थित केन फार्मेसीको सम्र्पक नम्बर ०१४१०६८६०, ९४९०९०० र उक्त फार्मेसीको आधिकारीक फेसबुक पेजमा सन्देश पठाएर ग्राहकले औषधी खरिद गर्न पाउने छन् ।
लकडाउनको अवधिमा आफनो ग्राहकहरुलाई बैंकले घरमै बसेर बिना झन्झट औषधी खरिद गर्ने सुविधा उपभोग गर्न मेगा बैंकले आफनो ग्राहकहरुलाई आग्रह गरेको छ ।