नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ ।वुधवार एक अमेरिकी डलरको मूल्य खरिददर १२२ रुपैयाँ ६४ पैसा र बिक्रिदर १२३ रुपैयाँ २४ पैसा थियो ।
त्यस्तै, यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ ०५ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ७० पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५१ रुपैयाँ ४१ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ १५ पैसा रहेको छ।