काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय फत्तेपुर बांकेले कोरोना कहरले लकडाउन भई वित्तिय विपतका बेलामा मृतकको परिवारलाई काजक्रिया खर्च प्रदान गरेको छ ।
उक्त शाखाले लालपुर महिला स्वावलम्बी समुहकी सदस्य ज्ञानु कुमारी शाहीलाई निजको श्रीमान खडक बहादुर हमालको मृत्यु पश्चात काजक्रिया खर्च प्रदान गरेको हो । संस्थाको नियम अनुसार श्रीमानको मृत्यु भएको अबस्थामा १४ हजार रुपैयाँसम्म वितरण गर्न सकिने प्राबधान अनुसार उक्त रकम वितरण गरेको हो ।
देश लकडाउनको अबस्थामा रहेको र सोही समयमा श्रीमानको निमोनियाबाट मृत्यु भई घरमा ठुलो ब्रजपात परेकोले यस दुखद घडीमा संस्थाका कर्मचारीहरु घरमा आई नगद रकम सहयोग गरेकाले दुखेको घाउ माथी मलहम लगाई दिएको ज्ञानकुमारी साहीले बताईन ।
शाखा प्रमुख कलक राज बनले शोकलाई शक्तिमा बदल्दै यस विषम परिस्थितीमा सबैले लकडाउनको पालना गरी नियमित हात घुने र सामाजिक दुरी कायम गरी आफु, आफ्नो घरपरीवार र समाजलाई सबै मिलेर जोगाउन अपिल गरे ।