IME Life

प्रयोगमा नआएको सिमलाई एनसेलको सित्तैमा फोन गर्ने सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निजि क्षेत्रको दुरसञ्चार कम्पनी एनसेलले पाँच रुपैयाँभन्दा न्यून ब्यालेन्स भएका सिमकार्ड प्रयोगकर्ताहरुको लागि विशेष छुट प्याकेज ल्याएको घोषणा गरेको छ । जस अनुसार उधारोमा रु ५ रुपैयाँमा २५० एमबी डाटा, २५ मिनेट भ्वाईस कल र २५ वटा एसएमएस पठाउन सकिनेछ । तर, सिमकार्ड प्रयोग गर्दै आएकाहरुले यस्तो सुविधा पाउने छैनने । लकडाउनपछि उक्त सिमबाट कल नभएको हुनुपर्ने शर्त राखेर बन्द भएको सिमकार्डलाई लक्षित गरेको पाइएको छ ।

कम्पनीका अनुसार मुख्य ब्यालेन्स शुन्य भएका र पाँच रुपैयाँ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरि प्याक संचालनमा ल्याउन सक्नेछन् । तर, यस्तो सुविधा सबैले भने पाउने छैनन् । कम्पनीले त्यसमा एउटा शर्त तेस्र्याएको छ । कम्पनीका अनुसार चैत्र ११ गतेबाट लकडाउन शुरु भएपछि भ्वाइस, डेटा र एसएमएस लगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स पाँच रुपैयाँ भन्दा कम भएका ग्राहकलाई मात्र यस्तो सुविधा दिन लागेको हो ।

Prabhu
Crest

तर, एनसेलले जनताको आँखामा छारो हाल्ने काम गरेको देखिएकोछ । लकडाउन अवधी सुरु भएपछि कल तथा भ्वाईस प्याक नलिएका ग्राहकलाई लक्षित भनेकाले सिमकार्ड प्रयोग गरिरहेकाहरुले यो सेवा पाउने छैनन् किन भने सबैले एक कल वा केही न केही त डाटा चलाएकै हुन्छन् । कम्पनीले सस्तो प्रचारबाजीको लागि यस्तो योजना ल्याएको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS