IME Life

भारतमा तीव्र गतिमा बढ्दै कोरोना, ६४५ जनाको मृत्यु, बैशाख १५ पछि नेपालमा के होला लकडाउन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छिमेकी मुलुक भारतमा प्राण घातक कोरोना भाइरस तीव्र गति फैलिएछि नेपालमा यही बैशाख १५ गतेसम्मको लकडाउन के हुन्छ अझै अन्योलमा छ । भारतमा दैनिक निकै ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ भने फैलने क्रम पनि दैनिक एक हजार भन्दा बढि नै छ । यस्तो अवस्थामा नेपालमा अब के होला ? आम सर्वसाधारण चासो र चिन्ता व्यक्त गरिरहेका छन् । त्यसै क्रममा हिजो उदयपुरमा एकै दिन ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको कूल संख्या ४२ पुगेको छ । यस्तो अवस्थामा आगामी बैशाख १५ गतेपछि पनि लकडाउन जारी रहनेमा सर्वसाधारण भने ढुक्क देखिन्छन् । करिब एक महिनादेखि जारी लकडाउन कम्ती १० दिन बढ्ने निश्चित रहेको सरकारी अधिकारीहरुको भनाई छ ।

नेपालको भारतसँग खुल्ला सीमा भएकोले पनि कोरोनाको लकडाउन भारतसँग प्रत्यक्ष असर पर्नेछ । भारतमा आगामी बैशाख २१ गतेसम्म लकडाउन घोषणा गरिएको छ । यद्यपि भारतमा जस्तो नेपालमा धेरै नफैलिएकोले सीमा नाका बन्द गरेर भित्र भने खोल्नुपर्ने सुझाव एकाथरीको छ ।

Prabhu
Crest

भारतमा फैलने क्रम दिनप्रतिदिन तीव्र बनेकाले त्यहाँ लकडाउन तत्काल खुल्ने सम्भावना छैन । हालसम्म ६४५ जनाको मृत्यु भइसकेको भारतमा संक्रमितको संख्या २० हजार नाघेको छ । भारत अहिले विश्वकै तीव्र गतिमा फैलने देश मध्येभित्रमा परेको छ । त्यस्तै बेलायत र अमेरिकामा अझै कोरोना नियन्त्रणमा आइसकेको छैन । उता, नयाँ रुपमा रसियामा फैलने क्रम तीव्र भएको छ । यससँगै विश्वभर कोरोनाको प्रभाव विस्तार हुने क्रम अझै रोकिएको छैन ।

सिंगो विश्व लकडाउन गरिएका कारण केही कमी भएको जस्तो देखिए पनि लकडाउन खोल्ने वित्तिकै पुनः कोरोनाको दोस्रो चरणको महामारी आउन सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS