IME Life

नेपालभित्रै फैलियो कोरोना, उदयपुरस्थित गाउँका ८ जनामा कोरोना ! पुष्टि गर्न थप परिक्षण हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केही अघि एक मस्जिदमा १२ जना कोरोना संक्रमित भेटिएको उदयपुरमा थप ८ जनामा कोरोनाको संक्रमण भएको विश्वास गरिएको छ । पुष्टि गर्न पिसिआर परिक्षणको लागि नमुना बिराटनगर पठाइएको जनाइएको छ ।

उदयपुरको भुल्केबाट सोमबार परीक्षणका लागि कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमणको रहेको जनाइएको छ । यद्यपि पुष्टि हुन भने बाँकी छ । त्यहाँको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि ल्याइएकोमा आठ जनाको प्रतिवेदन कोरोनाको आशंका गरिएका छ । पुष्टि गर्न पुनः परिक्षण हुँदैछ ।

Prabhu
Crest

प्रदेश १ सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार कोसीमा गरिएको परीक्षणमा पोजेटिभ देखिइसकेको छ । तर, मेशिनमा पहिलो पटक कोरोना पोजेटिभ देखिएकोले दोस्रो मेशिनमा राखेर पुनः परिक्षण गरेपछि मात्रै आधिकारिक प्रतिवेदन सार्वजनिक गरिने जनाइएको छ ।

उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले दुईवटा एम्बुलेन्समा राखेर ति आठ जनालाई धरान पठाइएको बताए । कोरोना संक्रमितको आशंका गरिएका सबै जना पुरुष रहेको जनाइएको छ । यससँगै स्थानीय तहमा कोरोना फैलिएको पुष्टि भएको छ । हालसम्म विदेशबाट आएका मात्रैलाई कोरोना लागेको बताइएको थियो । तर, विदेश नगएका र यसअघि उदयपुरस्थित मस्जिदमा आएर बसेकाहरुसँग ओहोर दोहोर गर्ने स्थानीयबासीलाई कोरोना देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS