IME Life
GBIME

कोरोना महामारीले साना तथा मझौला उद्योगलाई पारेको प्रभाव र समाधानका उपाय

SPIL
NIC ASIA new
NLIC

सुजित नेपाल

अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९) ले आक्रान्त बनिरहेको अवस्था छ । विश्वको २०० भन्दा बढि मुलुकहरु अहिले सबै काम छाडेर यस महामारी रोकथाममा निरन्तर लागिरहेका छन् । विश्व अर्थतन्त्र नै थला पर्ने स्थितिमा छ । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक एशियाली विकास बैंकले पछिल्लो अध्ययन र प्रक्षेपणहरुमा नेपालको आन्तरिक ग्राहस्थ उत्पादन ६ देखि ७ प्रतिशतबाट झरेर १.५ देखि २ हुने प्रक्षेपण गरेका छन् । “द इकोनोमिस्ट” नामक अंग्रेजी पत्रिकाले गरेको प्रक्षेपणमा वेस्टर्न युरोपको ६ प्रतिशत, अमेरिकाको २.९ प्रतिशत, मिडल वेस्टको ५ प्रतिशत र दक्षिण कोरियाको १.८ प्रतिशतले आन्तरिक ग्राहस्थ उत्पादनमा ह्रास आउने बताएको छ । यी राष्ट्रहरुमा यसरी आर्थिक गतिविधिहरुमा कमी आई आन्तरिक ग्राहस्थ उत्पादनमा आउने दबाबले यीनै राष्ट्रहरुबाट आउने विप्रेशणले धानेको हाम्रो अर्थतन्त्रमा झन् समस्या पार्छ र आन्तरिक उत्पादनमा कमि आउने प्रष्टै देखिन्छ । कोरोना भाइरसको कारण विश्वभर साना तथा मझौता उद्योग (एस. एम. ई.)ले अप्ठेरो अवस्थाको सामना गरिरहेका छन् । सानो लगानी, चुस्त व्यवस्थापनमा सञ्चालित हुने हुँदा साना तथा मझौला उद्योगको संख्या विश्वभर निकै ठूलो छ । नेपालमा पनि कोरोनाको महामारीका कारण गरिएको लकडाउनबाट बैंकहरुले ठूलो लगानी गरेको साना तथा मझौला उद्योगहरु कोरोनाबाट प्रभावित भएको अवस्था छ ।

अर्थतन्त्र जब चलायमान हुन्छ त्यसले आर्थिक गतिविधिहरुलाई प्रोत्साहन गर्छ, आय बढ्दै जान्छ, खर्च गर्न चाहनेसँग पैसा हुन्छ, व्यवसाय गर्नेसँग क्यास(फ्लो भइराख्छ, नयाँ नयाँ सिर्जना र इन्नोभेसन्स्हरु हुँदै जान्छन् । तर आजको यस संक्रमणकालिन अवस्थामा धेरै देश र सहरहरु पुरै लकडाउनमा छन् । विश्व अर्थतन्त्र नै ठप्प प्रायः छ । त्यसैले यो बेला अर्थतन्त्रलाई चलायमान गराउने पूँजी कहाँबाट सृजना गर्ने–खर्च गर्ने, नाफा कमाउने र नाफालाई पुनः कसरी परिचालन गर्ने, गराउने भन्ने मुख्य प्रश्न हो । नेपालको सम्बन्धमा विप्रेषण र एफ. डि. आइ. दुबै धरासायी हुने हो कि भन्ने प्रक्षेपण हुन थालेका छन् । विप्रेष्णमा १० प्रतिशत भन्दा बढीले गिरावट हुने आँकलन नेपाल राष्ट्र बैंकबाटै आएको छ । ग्लोबल लकडाउन, वैदेशिक यात्रामा विश्वभर चलेको नियन्त्रण, हाम्रा विप्रेषण स्रोतका राष्ट्रहरुको अर्थतन्त्रमा आउने गिरावट तथा जब मार्केटमा पर्ने पोस्ट कोरोना प्रभाव र प्रक्षेपणले समेत विप्रेषण आय खुम्चिने प्रष्ट छ । रोजगारीका लागि विदेशिने युवाहरु स्वदेशमा नै रोकिने भए भने बाहिरै भएकाको पनि रोजगारी गुम्ने परिस्थिति सृजना भएको छ र कम्तीमा पनि १५ लाख युवाहरु स्वदेश फर्किनेछन् भन्ने प्रक्षेपण गरिएको छ । केहि देशहरुले त विदेशी नागरिकहरुलाई आआफ्नो देश जानु होला भन्ने सन्देश खुला रुपमै दिन थालिसकेका छन् ।

Crest

ग्लोबल अर्थतन्त्रमा परेको प्रभावले नेपाल भित्रने विप्रेषणमा यस वर्ष तथा आउने वर्षहरुमा अत्यन्त कमी आउने देखिन्छ । विभिन्न दातृ निकायहरु मार्फत आउने वैदेशिक सहायतामा पनि भारी कटौती हुने देखिएको छ । यो प्यान्डेमिक तथा पोस्ट प्यान्डेमिक इम्प्याक्टहरु ग्लोबल रुपमै सबै देशमा हुने भएकाले हामिले यस्ता अनुदान र वैदेशिक सहायताहरुको धेरै आशा राख्नु पनि त्यति न्यायोचित नहोला । अर्को कुरा, यसरी कुनै पनि अर्थतन्त्रमा माहामारी तथा यस्तै प्रतिकुल अवस्था सृजना भएको बेला सबै देशका सरकारले आ आफ्नो क्षमता अनुसारका राहतका प्याकेज, कर छुट तथा अरु विभिन्न स्टिमुलसहरु ल्याउने गर्दछन् । आन्तरिक उत्पादनका दायराहरु बढाउने तथा आन्तरिक रोजगारीका अवसरहरुलाई फराकिलो बनाउदै लैजाने सरकारी योजनाहरुलाई प्रभावकारी बनाउदै लैजाने गर्दछन् । अतह, अहिलेको परिस्थितिमा नेपाल वा बाहिरी मुलुकमा लगानी गर्नु भन्दा आआफ्नै देशमा लगानि गर्ने वातावरणमा सहजता, प्रवृति र आवश्यक्ता पनि बढि हुन्छ । त्यसैले, प्रत्यक्ष वैदेशिक लगानि पनि आशा गरे जति र प्रतिबद्धता भए जति कन्भर्ट भइहाल्लान भन्ने स्थिति छैन ।

———————–0-0-0————————-

 यो परिस्थितिमा हामीले यी एसएमई कर्जाका युवा व्यवसायीहरुलाई नजोगाए परिस्थिति अझ विकराल हुने देखिन्छ । त्यसैले अहिले उनिहरुलाई कसरी टिकाउने हो, त्यो महत्तवपुर्ण हुन्छ । उनिहरुको न बिजनेस डाइभर्सिफिकेशन गर्ने बेला भएको हुन्छ, न अलि कमाएर जग्गा जमिन नै जोडेका हुन्छन् ।

———————–0-0-0————————-

विश्वभरी नै हवाइ सेवा, यातायात व्यवसाय, पर्यटन व्यवसाय सबै भन्दा बढि प्रभावित हुने प्रस्टै छ । नेपाल सरकारले आव्हान गरेको भ्रमण वर्ष २०२० लाई केन्द्रित गरी सञ्चालन गरिएका ठुला ठुला होटेल, ससाना रेष्टुरेण्ट, क्याफे र लजहरु, ट्राभल एण्ड टुर्सहरुलाई सबैभन्दा कठिन परिस्थिति छ । यिनीहरुले कसरी स्टाफ पाल्ने हुन्, व्याज तिर्ने हुन् । पछिल्लो केहि समय देखि (२, ५ वर्ष देखि) देश मै केहि गर्छु भनेर युवा उद्यमी हुन कसिएका युवा उद्यमीहरुलाई सबैभन्दा असजिलो परिस्थिति छ । सरकारले यि एस. एम. ई. व्यवसायीलाई सहज बनाउने वातावरण तत्काल नबनाए अवस्था अझ गम्भिर भएर जान सक्छ ।

नेपाल राष्ट्र बैंकले किस्ता तिर्नु पर्ने ग्राहकहरुलाई चैत्र मै तिरे व्याजको १० प्रतिशत छुटको व्यवस्था त गरेको छ । आफ्नै लागत परेपनि बैंकहरुले यसलाई सहर्ष स्वीकारेका पनि छन् तर यसले यी एसएमई कर्जाका ग्राहकहरुलाई खासै समेट्न सकेन जसलाई राहतको झन् आवश्यक्ता छ । अझ पछिल्लो समय त “एसएम ई नै देशको मेरुदण्ड हो’, ‘एसएमईलाई प्रोत्साहन गर्नुपर्छ’, ‘यसले युवालाई देशमै राख्छ’, ‘रोजगार सृजना गर्छ’ भन्दै सरकार, सरोकारवाला तथा बैंकहरु सबैले गुनगान पनि गाएका थिए, प्रोत्साहन पनि गर्ने गरेका थिए । सोही अनुरुप विदेशिने युवाहरु पनि कृषि, पशुपालन लगाएत व्यवसाय गर्ने, एसएमई कर्जा लिने भन्दै बैंकिङमा चासो पनि राख्दै थिए । सोहि अनुरुप धेरैले आफ्नो घर जग्गा धितो राखेर कर्जा उपभोग पनि गरे र चालु पुँजि कर्जा अधिकांशको रोजाइमा पर्यो । यो परिस्थितिमा हामीले यी एसएमई कर्जाका युवा व्यवसायीहरुलाई नजोगाए परिस्थिति अझ विकराल हुने देखिन्छ । त्यसैले अहिले उनिहरुलाई कसरी टिकाउने हो, त्यो महत्तवपुर्ण हुन्छ । उनिहरुको न बिजनेस डाइभर्सिफिकेशन गर्ने बेला भएको हुन्छ, न अलि कमाएर जग्गा जमिन नै जोडेका हुन्छन् ।

व्यवसाय खस्कदै गएको खण्डमा अझै घाटा सहनुभन्दा क्लोज नै पनि गर्लान् तर अब त्यो छाडेर कहाँ जाने ? जागिर गरौँ भने अहिलेको तुरुन्त पोस्ट कोरोना अर्थतन्त्रमा जब मार्केट पनि ठिक देखिदैन, विदेश जाने हो भने त्यो पनि सहज हुने वाला छैन किनकि विश्वभर नै अब रोजगारीमा समस्या सृजना हुन्छ । गाउँ जाने हो र कृषि गर्ने हो भने पनि न राम्रो कृषि सिप छ वा कहिले गरेकै छ, सिकेरै गरे पनि यो पछि को कुरा हो तर आज तुरुन्तको समस्या भनेको ‘लिक्विडेशन अफ द्यर बिजनेस फलोड बाई कन्ट्रिवाइज जबलेस, बिजनेसलेस युथ’ हो । यसरी वेरोजगार युवाहरु गाउँ गाउँमा जम्मा हुन थाले भने त्यो झन् बिकराल हुन सक्छ । अर्को तर्फ किस्ता, व्याजमा पेमेन्ट डिफल्ट हुँदै गयो भने बैंकहरुको निष्कृय कर्जा बढ्दै जान्छ र हाम्रो जस्तो धितो बेस्ड लेण्डिङ गर्ने बैंकिङ सिस्टममा मार्केट भ्यालुले डिस्ट्रेसलाई हान्न थाल्यो भनेको अवस्था झन् भयावह हुन सक्छ । त्यसैले, नेपाल राष्ट्र बैंक, सरकार र बैंकर्सको पनि दायित्व हुन्छ कि हामीले आफ्ना ग्राहक तथा समुदायमा यो समयमा सही र व्यवहारीक ग्यान शेयर गर्ने, फाइनान्सियल एडभाइजरको रोल खेल्ने साथ साथै नेपाल राष्ट बैंक र नेपाल सरकारले पनि उनिहरुलाई बचाउने, टिकाउने नीतिमा मिलेसम्मको लचकता अपनाउने गर्नुपर्छ ।

एस. एम. ई. को आवश्यत्ता र अपनाउन सकिने केही उपायहरु
१. एस. एम. ई. कर्जाका ग्राहकलाई यो साल सकेसम्म, अति आवश्यक नभए सम्म क्यापेक्स फाइनान्सिङ नगर्ने वा नगर्न सुझाव दिने र चालु पुँजि कर्जालाई प्रोत्साहन गर्ने । यसले गर्दा ग्राहकको लगानी फ्रिज पनि हुँदैन र हाम्रो इम्पोर्ट बेस्ड इकोनोमीमा अल्टिमेट्ली पैसा विदेश जाने सम्भावना अलिकति भएपनि कम हुन्छ । उदाहरणको लागि, बिल्डिंग थप्नुपर्ने होटेल व्यवसायीले बरु लिजमा लिने र रेनोभेट गरेर चलाउने । यस्तो गर्दा उस्को क्यास पm्लो रेगुलर भइराख्छ जुन अहिलेको हाम्रो अर्थतन्त्रको आवश्यक्ता पनि हो ।

२. रिटेल व्यवसायमा पहिले जस्तो ग्राहकको भीड अब नहुने प्रक्षेपण विभिन्न अध्ययनहरुले गर्न थालेको सन्दर्भमा स्टक वा इन्भेन्टरी पनि पहिले जसरी नराख्नु वा कम गर्नु बुद्धिमता हुनसक्छ । त्यसले ग्राहकको कस्ट कम गर्न मद्यत गर्ने छ । अपरेशनल कस्ट पनि कम हुने र डिजिटल इकोनोमीको नेपालको सपना र आवश्यकताको लागि पनि उपयुक्त बरु इ कमर्शमा ध्यान दिन सकिन्छ र साथसाथै सरल र आधुनिक मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग देखि अन्य विद्युत्तीय भुक्तानीका माध्यमहरु प्रयोग गर्न सकिन्छ । यसले अपरेशनल इफ्फिसियन्सि बढ्छ ।

३. यो समय सबै सरोकारवालाको साथ र प्रोत्साहन पनि मिल्ने र उत्कृष्ट नतिजा पनि निकाल्नुपर्ने समय भएकाले दिन दुई गुणा, रात चारगुणा काम गर्नुेपर्ने छ त्यसैले आफना राम्रा ह्युमन रिसोर्सलाई टिकाएर राख्नुपर्ने चुनौती पनि छ ।

४. एस. एम. ई. व्यवसायीहरुले कस्ट कन्ट्रोल गर्न पहिले भन्दा रेगुलर एण्ड प्रुडेन्ट अकाउन्टिङ तथा आय व्ययको रेगुलर रिभ्यु पनि अत्यन्त जरुरी छ । साना तथा मझौला व्यवसायको पुरानो समस्या भनेको उनीहरुसँग सधै एथ्यष्ट क्यास हुँदैन । अब पोस्ट कोरोनाको न्यु नर्मलमा चाहिं केहि नभएनि आफ्नो रिसोर्सेसको ५ प्रतिशत बैंक ब्यालेन्स राख्न आवश्यक हुनसक्छ । यो लगायत व्यवसायको निरन्तर आय व्ययको रिभ्यु गरिरहन सम्बन्धित अडिटरहरुको पनि पोस्ट प्यान्डेमिक भुमिका महत्तवपुर्ण देखिन्छ ।

५. अर्को महत्वपूर्ण काम भनेको सबै स्टेकहोल्डर्सबाट स्र्टाटअपस्लाई प्रोत्साहन गर्ने हो, नीति नियम तथा बैंकिङ सेवा तथा प्रोडक्टहरु एस. एम. ई. को सेक्टर वाइज अनुसार इम्प्रोभाइज गरेर जानुपर्छ । साथै, सरकारले पनि कुन सेक्टर र क्षेत्रमा कोरोनाको बढि प्रभाव परेको हो, त्यही अनुसार रिलिफ प्याकेजहरु ल्याउनुपर्छ ।

६. सरकारले स्वदेश फर्किने युवाहरुलाई तुरुन्त कृषिमा उत्प्रेरित गर्न लालायित हुने खालका विभिन्न कार्यक्रमहरु ल्याउनुपर्छ ।

७. बैंक वित्तिय संस्थाहरु तथा कर्जामा काम गर्ने जनशक्तिले ग्राहकहरु बिच पुलको काम गरिदिएर, नेटवर्किंग गरिदिएर यस्ता एस. एम. ई. व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्छ ।

८. नेपाल राष्ट्र बैंकको पछिल्लो १९ बुँदे सुचनामा साना तथा मझौला उद्यमीहरुलाई चालु पुँजि कर्जामा समेत पुनरकर्जा प्रदान गर्न सकिने भनेको छ जुन बैंकहरुले प्राथमिकताका साथ लिनुपर्छ र यस्ता एस. एम. ई. व्यवसायीहरुको अभिभावकको कर्तव्य पुरा गर्नुपर्छ । सरकारले परिस्थिति कठिन बन्दै गएमा व्याज, कर छुटहरु तथा नेपाल राष्ट्र बैंकलेले एसएमईहरुको पनि ब्याज पुँजिकरणको सुविधा पनि प्रदान गर्नुपर्छ ।

अन्त्यमा, हामी सबै यस विपतको सामना गर्न एक जुट भई जुटौं । आप्mनै देशमा कृषि क्रान्ती गरौ र आप्mनै देशमा उत्पादन गरौ र सफल व्यवसायी बनौं जसले देशको अर्थतन्त्रमा दिर्घकालिन उपलब्धी हासिल गरोस् र सरकार, बैंक वित्तिय संस्थाहरु, तथ्यांक विभागदेखि सबै सरोकारवालाहरु चाँडो भन्दा चाँडो डिजिटाइजेसनमा जाऔं जसले गर्दा यस्तो विपद्को परिस्थिति सृजना हुँदा रियल टाइम डाटाहरु होस् र ठिक समयमा ठिक निर्णय लिन सकियोस् । कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु लकडाउन पालना गराउन खटिएका सुरक्षाकर्मीहरुसहित लकडाउनमा फ्रन्टलाईनमा रहेर काम गर्ने सबैमा तथा लकडाउन घरैमा बसेर सफल पार्ने सम्पूर्ण नेपालीहरुमा हार्दिक आभार प्रकट गर्दछु ।

(लेखक एक विकास बैंकमा कार्यरत कर्मचारी हुन् ।)

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS