IME Life

ब्यालेन्स सकिएका मोबाईल प्रयोगकर्तालाई सित्तैमा फोन, एसएमएस र डाटाको सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लकडाउन अवधीमा शतप्रतिशत बोनस दिने निर्णय एक सातापछि हटाएको नेपाल टेलिकमले विशेष छुटमा डाटा र कलको सुविधा दिएर अहिले सो बोनस हटाइसकेको छ । तर अब मोबाईलमा ब्यालेन्स लो भएका प्रयोगकर्ताहरुको लागि टेलिकमले विशेष छुट अफर ल्याएको छ ।

नेपाल टेलिकमले आज विहानदेखि यस्तो सुविधा दिएको जनाएको छ । लकडाउनको समयमा ब्यालेन्स सकिएर सञ्चार सम्पर्क टुट्न नदिन यस्तो योजना ल्याएको टेलिकमले जनाएको छ । नेपाल टेलिकमबाट वितरित सिम कार्डमा बैशाख ८ गते मध्यरातिसम्ममा ब्यालेन्स न्यून भई ३३ एकतर्फी भएका फोनलाई लक्षित गर्दै निशुल्क कल, डाटा र एसएमएस सुविधा ल्याएको हो ।

Prabhu
Crest

लकडाउन शुरु भएको मितिबाट ७ दिनसम्म अर्थात चैत्र ११ देखि १८ गतेसम्म कम्तिमा १ कल फोन गरेका र मिति २०७७ बैशाख ८ गते मध्यरातमा ३३ पैसाभन्दा कम व्यालेन्स भएका मोबाइल नम्बरहरूलाई उक्त निशुल्क कल, डाटा तथा एसएमएस सुविधा दिने निर्णय गरेको हो ।

त्यस्ता सिमकार्डमा प्याकेजसम्बन्धी सूचना एसएमएसबाट पठाइनेछ । सो एसएमएस प्राप्त भएको दुई दिनभित्र सम्बन्धित मोबाइल प्रयोगकर्ताले उक्त एसएमएसमा उल्लेख गरिए अनुसार एसएमएसबाटै जवाफ फर्काएपछि टेलिकमले सो सेवा प्रदान गर्नेछन् ।

निशुल्क प्याकेज अनुसार प्रयोगकर्तालाई ७ दिनसम्मका लागि १०० एमबी डाटा ५० मिनेट भ्वाइस कल र २५ वटा एसएमएस (नेपाल टेलिकमको नेटवर्क भित्र) पठाउने सुविधा पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS