Connect IPS
IME Life

सानिमा लाइफको ‘क्लीक एण्ड कभर’ योजना सार्वजनिक, अनलाइनबाटै जीवन बीमा गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन मार्फत नै बीमा योजनाहरु गर्न सकिने ‘क्लीक एण्ड कभर’ नामक योजना ल्याएको छ । विश्वभर फैलिरहेको कोरोना महामारीको कारण सरकारले उच्च सतर्कता अपनाउनको लागि लकडाउन जारी गरेको छ । लकडाउनको अवस्थामा बीमितहरुलाई बीमा कम्पनीसम्म धाउन नपर्ने गरी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले अनलाइन मार्फत नै बीमा योजना खरिद गर्न मिल्ने योजना ल्याएको हो ।

सानिमा लाईफ इन्स्योरेन्सका कर्पोरेट बिजनेश प्रमुख गुणराज श्रेष्ठले घरैमा बसेर बीमा गर्न सकियोस् भन्ने उद्देश्यले अनलाईनमार्फत बीमा प्रक्रिया पूरा गर्न क्लीक एण्ड कभर प्रस्ताव ल्याइएको बताए । श्रेष्ठका अनुसार यो बीमा योजनाका लागि घरमै बसेर जीवन बीमाको सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिनेछ ।

Prabhu
Crest

ग्यापडट सानिमालाईफ डटकमएनपीमा लगइन गरेपछि अनलाईनबाट बीमा प्रस्ताव गर्न सकिनेछ । यसरी गरिएको प्रस्ताव सिधैं सानिमा लाईफ इन्स्योरेन्सका सर्भरमा पुग्नेछ । बीमा प्रस्ताव प्राप्त भएपछि कम्पनीका कर्मचारीहरुले सम्पर्क गरी कति रकमको बीमा गर्न सकिने हो, सो सबै कुरा बुझेर बाँकी प्रक्रिया अघि बढाउनेछन् ।

त्यसको लागि बीमा गर्न चाहनेले वेभसाईटबाटै फारम डाउनलोड गरेर भरी इमेलमार्फत पठाई बीमा शुल्क भुक्तानी गरेपछि बीमालेख जारी हुने कम्पनीले जनाएको छ । सानिमा लाईफले लकडाउनलाई फोकस गरेर यो योजना ल्याएको जनाएको छ । इच्छुक व्यक्तिले कम्पनीको वेवसाइटमा गएर उक्त बीमा योजना खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS