काठमाडौं । नेपाल आयल निगमले ५० वटा ग्यास उद्योगको लाइसेन्स खारेज गररिदिएको छ । निगमले उद्योग निमाणको लागि अनुमति लिने तर उद्योग निमार्ण नगरी लाइसेन्स खरिद बिक्रि गर्ने उद्योग व्यवसायीहरुको लाइसेन्स खारेज गरेको हो ।
निगमका अनुसार उद्योग विभागमा ग्यास उद्योग दर्ताको लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिकृया माग्दा सम्र्पकमा नआउने परिपाटीले ग्यास उद्योग व्यवस्थापनमा समस्या देखिन थालेपछि ५० वटा ग्यास उद्योगको लाइसेन्स खारेज गरेका हो ।
निगमले २०७१ साल पछि लाइसेन्स लिएका ५३ वटा उद्योगहरुलाई बारम्बार सम्र्पकमा आउनको लागि सूचना प्रकाशन गरेपनि तीवटा उद्योग मात्र सम्र्पकमा आएका थिए । सम्र्पकमा नआएका ५० वटा ग्यास उद्योगको लाइसेन्स खारेज गरेको निगमले जनाएको छ ।