काठमाडौं । शुक्रबार एकै दिन १४ जना कोरोना संक्रमित भेटिएको नेपालमा आज शनिबार थप एक जना संक्रमित भेटिएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसआर परिक्षणको क्रममा थप एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । ति व्यक्ति ६५ बर्षिय पुरुष रहेको जनाइए पनि कुन ठाउँका बासिन्दा हुन भन्ने खुलाइएको छैन ।