Connect IPS
IME Life

लकडाउनमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन शून्य प्रायः, नेपाल लाईफले गर्यो तीन करोड आम्दानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिंगो देश लकडाउनमा छ । गत चैत्र ११ गतेदेखि जारी लकडाउन यही बैशाख १५ गतेसम्म लम्ब्याइएको छ । अझै लम्बिन्छ वा १६ गतेदेखि खुल्न भन्ने कुरा समेत अनिश्चित छ । लकडाउनको अवधीमा कैयौं दिन त बीमा कम्पनीहरुले पास नै नपाउँदा कार्यालय खोल्न नै सकेनन् भने अहिले बीमा कम्पनीका केही कार्यालयहरु आंशिक रुपमा सञ्चालित छन् । यद्यपि सबै बीमा कम्पनीहरुका डिजिटल कार्यालय भने नियमित सञ्चालनमा छन् ।

Prabhu
Crest

लकडाउनको कहालीलाग्दो २५ दिनमा बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन लगभग शून्य (केही अपवाद बाहेक) छ । अधिकांश बीमा कम्पनीहरुले नयाँ बीमा पोलिसी जारी गरेकै छैनन् भने नविकरण शुल्क नगण्य प्राप्त भएको बीमा कम्पनीहरुले जनाएका छन् । यद्यपि यही बीचमा नेपालको सबैभन्दा धेरै बीमा पोलिसी बिक्री गरेर पहिलो नम्वरमा पुगेको नेपाल लाईफ इन्स्योरेन्सले भने करिब तीन करोड रुपैयाँ नविकरण शुल्क लकडाउनकै अवधीमा आर्जन गरेको जनाएको छ ।

बीमा कम्पनीहरुको शाखाहरु बन्द रहेको, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेको तथा अभिकर्तालाई बीमितको घरमा पठाउन नमिलेका कारण बीमा शुल्क आर्जन लगभग शून्य हुन पुगेको जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे बताउँछन् । इन्स्योरेन्स खवरसँग उनले भने, ‘यस्तो बेलामा बीमा शुल्क माग्नु तथा माग्न पठाउनु अमानवीय हुने हुँदा हामीले नविकरण शुल्क समेत उठाएका छैनौं ।’ पाण्डेले यस अवधीमा कुनै पनि बीमा कम्पनीले पोलिसी जारी नगरेको बताए । लकडाउनका कारण अधिकांश बीमा कम्पनीहरुले नविकरण शुल्क समेत उठाएका छैनन् ।

बीमा शुल्क आर्जन नहुँदा अधिकांश बीमा कम्पनीहरुको वित्तीय विवरण चैत्र १० गतेको विवरण भन्दा खासै फरक नहुने भएको छ । नेपाल लाईफ इन्स्योरेन्सका सिईओ विवेक झाले भने, ‘डिजिटल कार्यालयमा बीमाबारेका जिज्ञाशाहरु धेरै आएका छन्, तर नयाँ बीमालेख जारी भएका छ्रैनन् ।’ मासिक करोडौंै रुपैयाँ बीमा शुल्क आर्जन गर्ने नेपाल लाईफले नविकरण शुल्क बापत केही करोड आर्जन गरेको भएपनि उसको लागि नगण्य हो । मासिक करोडौं रुपैयाँ बीमा शुल्क आर्जन गर्ने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले लकडाउनका कारण नविकरण शुल्क समेत नउठाएको जनाएको छ ।

त्यस्तो एलआईसी नेपालले पनि लकडाउन अवधीमा बीमा शुल्क नउठाएको जनाएको छ । सो कम्पनीका सूचना अधिकारी बिनोद भुजेलले इन्स्योरेन्स खवरसँग भने, हामीले अहिले सबैलाई घरभित्र बस्नोस् मात्रै भनेका छौं, पहिला सुरक्षित हुनुहोस्, सहज भएपछि बीमा शुल्क भुक्तानी गर्नुहोला भनेका छौं ।’ एलआईसी नेपालले दोस्रो ठुलो बीमा कम्पनी हो । उसले बीमा शुल्क तथा नविकरण शुल्क बापत आर्जन नगरेको जनाएको छ ।

त्यस्तै नेशनल इन्स्योरेन्सका सिईओ भरत बस्नेतले लकडाउनका बीचमा कुनै पनि बीमा शुल्क सम्बन्धी कारोबार नभएको प्रष्ट पारे । उनले भने, ‘अहिलेको अवस्थामा सहज नभएको तथा बीमा समितिले पनि बीमा शुल्क भुक्तानी गर्ने म्याद थप गरेकाले यस अवधीमा बीमा शुल्क सम्बन्धी कारोबार भएको छैन ।’

त्यस्तै नयाँ कम्पनी भएर पनि पुराना कम्पनीलाई चुनौति दिँदै अघि बढेको युनियन लाईफ इन्स्योरेन्स कम्पनी सिईओ मनोज कर्णले लकडाउन अवधीमा बीमा शुल्क आर्जन शून्य प्रायः रहेको बताए । चैत्र १० गतेसम्म प्राप्त बीमा शुल्क नै अन्तिम प्रायः भएको उनले बताए । सिईओ कर्णले कोही बीमा शुल्क भुक्तानीको लागि आएको अवस्थामा देशैभरिका कार्यालय तयारी अवस्थामा भएपनि बीमा शुल्क माग्ने काम नगरिएको प्रष्ट पारेका छन् ।

लकडाउनकै अवधीमा नेपाल लाईफले भने करिब तीन करोड रुपैयाँ बीमा शुल्क नविकरण बापत प्राप्त गरेको छ । बीमितबाट अभिकर्ताले उठाएर ल्याइसकेको र बैंकमा जम्मा नभ्याएको रकम लकडाउनमा बैंकमा जम्मा गरेको लगायतका कारण सो बीमा शुल्क उठेको हुनसक्ने अनुमान गरिएको छ । कम्पनी कोही पनि बीमितसँग बीमा शुल्क नमागेको बरु आफैले बैंकमा जम्मा गरिदिएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS