काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरसको उपचारको लागि प्रदेश नं २ सरकारको कोषमा जम्मा हुने गरी पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कम्पनीको १३ औं वार्षिकोत्सव समेत परेको सन्दर्भमा कोरोना उपचार कोषमा सहयोग पुर्याउन पाँच लाख रुपैयाँको चेक आज प्रदेश नं २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनललाई हस्तान्तरण गरिएको एशियन लाईफ इन्स्योरेन्सका विभागीय प्रबन्धक राम सहनीले बताए ।