Connect IPS
IME Life

नेपालमा रहेका १५ जना कोरोना संक्रमितको अवस्था सामान्य, पोखरामा पनि भेटियो कोराना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालभित्र भेटिएका १५ जना कोरोना संक्रमितको अवस्थामा सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कूल संक्रमित १६ जना मध्ये एक जना निको भएर घर गइसेको र बाँकी १५ जनाको काठमाडौंसहित देशका विभिन्न अस्पतालमाहरुमा उपचार भइरहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाका अनुसार १५ जनाकै स्वास्थ्यस्थिति सामान्य रहेको छ ।

यसैबीच, कास्कीको पोखरामा र्यापिड टेष्टको क्रममा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । ति व्यक्तिको थप परिक्षण गर्ने कार्य सूरु गरिएको मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

उता, कामाठडौंस्थित सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमिसँगै बसेकी महिलामा कोरोना संक्रमण नेगेटिभ आएको छ । मन्त्रालयका अनुसार तीन जनाको र्यापिड टेष्ट किटबाट परिक्षण गर्दा पोजेटिभ देखिएकोमा थप परिक्षणमा एक जनामा नेगेटिभ आएको हो । त्यस्तै सनसिटी अपार्टमेन्टमा ब्लक ए मा परिक्षण गरिएको २९८ जनाको परिक्षण नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको आशंकामा ११७ जना आईशोलेशनमा रहेका छन् । सो मध्ये ११ जना काठमाडौंमा छन् भने १०६ जना काठमाडौं बाहिर रहेका छन् । मन्त्रालयले यस अवधीमा ८९२९ वटा र्यापिड टेष्ट गरिएकोसहित कूल १५ हजार परिक्षण गरिएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS