काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
साथै कम्पनीसँगको समन्वयमा कम्पनीको शाखा कार्यलयहरुले स्थानिय नियकसंग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागी अत्यावस्यक सहयोग गरेको कम्पनीले जनाएको छ।
विश्वभर फैलिएको यस महामारीले अहिलेसम्म १ लाख २६ हजार भन्दा बढी मानिसहरुको ज्यान लिएको छ । यस महामारीलाई नेपालमा फैलिन नदिनको लागि स्थानीय निकाय र नेपाल सरकारले निरन्तररुपमा प्रयास गरिरहेको यस समयमा सिटिजन लाइफ इन्स्योरेन्सद्वारा उपलब्ध गराइएको आर्थिक सहयोगले केहि हदसम्म भए पनि पुग्ने कम्पनीले विश्वास लिएको छ ।