Connect IPS
IME Life

सरकारद्वारा सवारी पास विरतण बन्द, यसअघिकै पासले सवारी चलाउन पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना संक्रमित बढ्दै जाँदा सरकारले लकडाउन थप कडाई गर्ने भएको छ । लकडाउनकै अवधीमा सडकमा बाक्लै गाडी गुड्न थालेपछि सरकारले पास वितरण बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुन जानेलाई बाहेक सबै प्रकारको पास वितरण कार्य बन्द गरिएको सूचना टाँसेको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले लकडाउन प्रभावकारी पार्न आज बुधबार (वैशाख ३) देखि लागू हुनेगरी सवारी पास वितरण बन्द गरिएको बताए ।

Prabhu
Crest

मंगलबारबाट उसले अनलाइनमार्फत ई–पास लिन सकिने व्यवस्था मिलाएको थियो । अत्यावश्यकीय कामका लागि भने पूर्ववत् अनलाइनमार्फत पास वितरण हुने प्रशासनले जनाएको छ ।

त्यस्तै, यसअघि पहेँलो रंगको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ । सातदिने म्याद राखेर यसअघि वितरित पासको म्याद गुज्रिएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैंक, वित्तीय संस्था, दुरसञ्चार, आईटी, औषधी सप्लायर्स आदिलाई सयौं पास वितरण गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS