Connect IPS
IME Life

विश्वभर कोरोना संक्रमतिको संख्या २० लाख नजिक, एक लाख २६ हजार भन्दा बढिको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वका शक्तिसम्पन्न राष्ट्रहरुलाई महाविपदमा फसाउँदै अघि बढेको कोरोना भाइरसको संक्रमण अझै रोकिएको छैन । विश्वभर संक्रमित हुनेको संख्या २० लाख नजिकै पुगेको छ । यो समाचार तयार गर्दासम्म विश्वभर संक्रमितको संख्या १९ लाख ९८ हजार १३८ पुगेको छ । त्यस कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक छ हजार भन्दा माथि छ ।

कोरोना रोग लागेका चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना लाग्ने वित्तिकै सबै मानिसको मृत्यु हुँदैन । धेरै मानिसहरुमा यसको खासै लक्षण देखिदैन भने करिब २० प्रतिशत भन्दा कम मानिसमा अत्याधिक असर गर्दछ र १० प्रतिशत हाराहारी मानिसको मृत्यु नै हुने गर्दछ ।

Prabhu
Crest

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १३ लाख ९२ हजार १०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९५ जनाको अवस्था गम्भीर रहेको वल्र्डमिटर्स डटकमले जनाएकोछ ।
हिजो एकै दिनमा ७३ हजार ३२ नयाँ संक्रमित थपिए भने ६ हजार ९२० जनाको ज्यान गएको छ । यो दिनानुदिन बढ्ने क्रममा रहेको छ । चीनबाट सुरु भएको कोरोनाको संक्रमण युरोप हुँदै अहिले अमेरिकामा बितण्डा मच्चाइरहेको छ । २४ घण्टामा २ हजार ३४९ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या यो सबैभन्दा धेरै हो । अमेरिकामा मृत्यु हुनेको कूल संख्या २५ हजार ९८९ पुगेको छ ।

पछिल्लो समय भारत र रसियामा तीव्र गतिमा फैलिने क्रममा रहेको छ । भारतमा १० हजार नाघिसकेको छ भने एसियामा २५ हजार नाघेको छ । नेपालमा कोरोनाको संक्रमण फैलिने क्रममा रहेको छ । कोरोनाबाट हालसम्म १६ जना संक्रमित भइसकेका छन् भने कोरोनाकै कारण विगत चैत्र ११ गतेदेखि सिंगो देश लकडाउन गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS