काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ । स.स्थाले उक्त कोषमा एक करोड रुपैयाँ सहयोग गरेको जनाइएको छ ।
उक्त सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईमार्फत सरकारलाई हस्तान्तरण गरिएको आइक्यानले जनाएको छ । आइक्यान परिषद्को गत चैत ३० गते बसेको ‘भर्चुअल’ बैठकले कोराना कोषमा उक्त सहयोग गर्ने निर्णय गरेको थियो ।
परिषद बैठकले चालु आव र आगामी आवको वैदेशिक भ्रमण नियन्त्रण र अन्य खर्च कटौती गर्नेसमेत निर्णय गरेको छ ।