काठमाडौं । बेलायतबाट २८ दिन अघि काठमाडौं आएका तीन जनामा कोरोना आंशकामा पाटन अस्पताल भर्ना गरिएको छ । काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना भएको आशंकामा सोमबार अपरान्ह पाटन अस्पताल पुर्याएर आईशोलेशनमा राखिएको छ ।
विरामी वा कारोनाको लक्षण नदेखिएका उनीहरुलाई विदेशबाट आएको आशंकाका र्यापिड टेष्टको क्रममा पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरिएको हो । उनीहरुको थप परिक्षण सुरु गरिएको छ । टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएपछि मात्रै कोरोना हो वा होइन भन्ने पुष्टि हुनेछ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रहर राखेर सो अपार्टमेन्टलाई नियन्त्रणमा लिइएको छ । काठमाडौंमा २८ दिन बिताएका तीन व्यक्तिमा कोरोना भेटिएपछि राजधानी काठमाडौंमा बसोबास गर्दै आएकाहरु थप आतंकित बन्न पुगेका छन् । घरबाट बाहिर ननिस्कनेहरु कुनै चिन्ता गर्नुपर्ने अवस्था नरहेको चिकित्सकहरुको भनाई छ ।