काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना नेपालमा पनि देखिने क्रम बढेको छ । कडा लकडाउनका बीच २० औं दिन पूरा हुँदा बारा र पर्सामा कोरोनाको संक्रमण देखिएको हो ।
सोमबार रौतहटको इशनाथ नगरपालिकामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बीरगन्जबाट घर पुगेकी एक महिलालाई सोमबार नै कोरोना पुष्टि भएको थियो । यसअघि बीरगन्जमा तीन जना भारतीय नागरिकमा कोरोना भेटिएको थियो । यससँगै सो क्षेत्रमा कोरोना निकै बेस्सरी फैलिएको अनुमान गरिएको छ ।
नगरपालिकाले बनाएको क्वारेन्टनाइनमा बसेका १९ बर्षिय युवक कोरोनाबाट संक्रमित भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देवकोटाले जानकारी दिएका छन् । लकडाउन सुरु भएपछि भारतबाट भागेर आएका उनी सोही घर जाँदा घरपरिवारका सदस्यले क्यारेन्टाईनमा पठाएको बुझिएको छ ।
क्वारेन्टाईनमा रहेकै बेला गत चैत्र २८ गते नुमनामा संकलन गरिएकोमा परिक्षणको क्रममा आज कोरोना लागेको पुष्टि गरिएको हो ।