IME Life

ऐतिहासिक रह्यो नेपाल पुनर्बीमा कम्पनीका लागी बर्ष २०७६

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको एक मात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमाका लागि यो वर्ष ऐतिहासिक रह्यो । २०७६ साल अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार विस्तारदेखि आईपिओमार्फत कम्पनीको पुँजि बृद्धि गरी १० अर्ब पुर्याउन सफल हुनुले नेपाल पुनर्बीमा कम्पनीको लागि २०७६ साल ऐतिहासिक हुन पुगेको हो । सरकारले बजेट मार्फत सबै बीमा कम्पनीले २० प्रतिशत बराबरको पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । जसका कारण पुनर्बीमाका लागि विदेशिने ठूलो रकम घटेको छ । साथै पुनर्बीमा कम्पनीको पनि व्यवसाय बढेको छ । यो वर्ष पुनर्बीमा कम्पनीको लागि उपलब्धिी मुलक वर्ष रह्यो । यस्ता छन् पुनर्बीमा कम्पनीबाट २०७६ मा सम्पादन भएका मुख्यमुख्य कार्यहरुः

विश्वका २८ राष्ट्रमा फैलियो पुनर्बीमा व्यवसाय
करिब साढे चार वर्ष पहिले स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीले २०७५।७६ को असार मसान्तसम्ममा ३५ करोड ७६ लाख ९४ हजार रुपैयाँ बराबरको बिदेशी मुद्रा भित्राउन सफल भएको छ । यो छोटो समयमा नै पुनर्बीमा कम्पनीको लागि उल्लेख्य कार्य रह्यो । नेपाल पुर्नबीमा कम्पनीले २८ वटा देशहरुबाट ७०७ पोलिसीमार्फत ३५ करोड रुपैयाँको प्रिमियम रकम नेपाल भित्रयाउन सफल भएको छ । चालु आवको हालसम्ममा देशको संख्यामा बृद्धि नभए पनि व्यापारमा उल्लेख्य बृद्धि भइसकेको छ । क्रममा सबैभन्दा बढी पोलिसी बंगलादेशमा बिक्री भएको छ ।

Prabhu
Crest

बंगलादेशबाट २५१ पोलिसीमार्फत चार करोड ६९ लाख ९२ हजार रुपैयाँ प्रिमियम रकम नेपाल भित्रिएको छ । तर कारोबारको आधारमा हेर्ने हो भने नेपालको छिमेकी मुलुक भारतबाट ४४ वटा पोलिसी भित्रिए पनि कारोबार उच्च देखिएको छ । भारतबाट असार मसान्तसम्ममा २० करोड ४७ लाख २० हजार रुपैयाँ नेपाल भित्रिएको छ ।

नेपालमा विश्वका २८ देशमा सेवा प्रवाह गरी रकम भित्राउने सम्भवतः नेपालको पहिलो कम्पनी पुनर्बीमा कम्पनी बनेको छ । नेपाल पुनर्बीमा कम्पनीले दक्षिण अमेरिकी मुलुकदेखि युरोप र खाडी मुलुकसम्म पुगेर तथा एसियामा व्यापार विस्तार गरिरहेको छ ।

३० वटा देशमा व्यापार सञ्जाल विस्तार
यो वर्ष नेपाल पुनर्बीमा कम्पनीले नेपाल बाहेक ३० वटा देशमा व्यापार सञ्जाल विस्तार गर्न सफल भएको छ । स्थापनाको छोटो अवधीमा नै कम्पनीले अन्तर्राष्ट्रिय स्तरमा व्यापार विस्तार गर्न सफल भएको हो । सबैभन्दा धेरै व्यापार सञ्जाल विस्तार २०७६ सालमा गरेको हो । नेपाली बीमा क्षेत्रकै लागि पुनर्बीमा बीमा कम्पनीले गौरवपूर्ण कार्य गर्न सफल भएको छ ।

आइपीओ निष्काशन
नेपालको पुँजि बजारको इतिहासमा पहिलो पटक नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोडको आईपिओ निष्काशन गर्यो । उक्त शेयरको बाँडफाडँ समेत भइसकेको छ । तीन लाख ९० हजार ६३८ जना आवेदकले शेयर पाएका छन् । न्यूनतम ४० कित्ता वा सो भन्दा कम भरेका सबैले शेयर पाएका छन् । ५० कित्ता भन्दा बढि भरेकाहरुमध्ये ७७ हजार २४५ जनाले थप १० कित्ता सहित ५० कित्ता शेयर पाएका छन् ।

नयाँ सिइओ नियुक्त
२०७६ सालमा नेपाल पुनर्बीमा कम्पनीले नयाँ सिइओ पाएको छ । यसअघिका सिईओ चिरायु भण्डारीको चार वर्षे कार्यकाल सकिएपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शंकर कुमार रायमाझी नियुक्त भएका छन् । उनी आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुत्त भएका हुन् । पुनर्बिमा कम्पनीको सिईओमा रायमाझीले अन्य तीन प्रतिस्पर्धीलाई उछिन्दै बाजी मारेका हुन् ।

जारी पूँजी घट्यो
नेपाल पुनर्बीको जारी पुँजि १५ अर्बबाट १० कायम गरिएको छ । कम्पनीलाई उच्च अदालतले जारी पुँजी घटाउने सहमति दिएसँगै साधारणसभाबाट पास गरेर पुँजि घटाइएको हो । उच्च अदालत पाटनको स्वीकृति अनुसार नेपाल पुर्नबीमा कम्पनीलाई जारी पुँजी १५ अर्बबाट घटाएर १० अर्ब कायम गर्न निर्दैशन दिएसँगै कम्पनी ऐन २०६३ को दफा ५८ उपदफा ९ बमोजिम हुने गरि कम्पनीले पुँजी घटाएको हो ।

तेस्रो पक्ष बीमा पुलको व्यवस्थापन नेपाल पुनर्बीमा कम्पनीलाइ सुम्पियो
यही वर्षको माघ १ गतेदेखि सुरु भएको तेस्रो पक्ष बीमा पुल मार्फत सञ्चालन गर्ने कार्य विधि अनुसार सो पुलको व्यवस्थापन नेपाल पुनर्बीमा कम्पनीले गर्दै आएको छ । नेपाल बीमक संघका अनुसार तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गर्न ३५ प्रतिशत सबै कम्पनीलाई बराबरी र बाँकी रहेको ६५ प्रतिशत कम्पनीको बजार हिस्साको आधारमा बाँडफाँड गर्ने कार्यविधि बनाएर तेस्रो पक्ष बीमा पुलको व्यवस्थापन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS