काठमाडौं । नेपाल एसबीआई बैंक कोहलपुर शाखाले कोभिड–१९ महामारीको रोकथामका निम्ति खजुरा गाउँपालिकालाई स्वास्थ्य साम्रगी प्रदान गरेको छ ।
बैंकले खजुरा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुखको उपस्थितिमा ३ थान पीपीई, स्यानिटाइजर, साबुन, हेन्डवास, सर्जिकल मास्क, गन थर्मो्मिटर हस्तान्तरण गरेको छ ।
बैंकले करिब ८२ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खजुरा गाउँपालिकालाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रदेश छ प्रमुख डिकेन्द्र खड्का, कोहलपुर शाखा प्रमुख नवराज जोशी तथा अन्य कर्मचारीको पनि उपस्थिति थियो ।