काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकार र सात वटा प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २८ लाख ५० हजार सहयोग गरेको छ ।
उक्त संस्थाले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको उक्त कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराएको जनाइएको छ ।
उक्त संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू।११ लाख र प्रदेश नं १ सरकारको कोरोना जनसुरक्षा कोषमा रू।२ लाख ५० हजार सहयोग गरेको छ ।