IME Life

कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मृत्यु भएमा ५० लाख दिने प्रदेश नं २ को घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रदेश नं २ सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले कोरोना रोगको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा उनका आश्रित परिवारको कोरोना संक्रमणका कारण मृत्यु भएमा ५० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको प्रदेश नं २ मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामती, अन्य सरकारी कर्मचारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सहयोगी स्वास्थ्यकर्मीको कोरोनाको संक्रमणका कारण मृत्यु भए पीडित परिवारलाई ५० लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

Prabhu
Crest

प्रदेश नं २ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार अस्पतालमा काम गर्ने कर्मचारी, कोरोनाविरुद्धको मोर्चामा खटिने सरकारी कर्मचारी, सुरक्षाकर्मीको मृत्यु भएमा प्रदेश सरकारले नै राहत दिने घोषणा गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS