काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेश सरकारलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कोरोना रोगको रोकथाम तथा उपचारको लागी कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत बागमती प्रदेश सरकारलाई उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।
कम्पनीको तर्फबाट हेटौंडा शाखाका प्रबन्धक संजय रेग्मीले प्रदेश मुख्यमन्त्री डोरमणी पौडेलाई शुक्रबार मुख्यमन्त्रीको कार्यालय, हेटौंडामा सहयोग राशीको चेक हस्तान्तरण गरेको हो ।
सो अवसरमा कम्पनीको नारायणगढ शाखा प्रबन्धक अविशेष चापागाईलगायतको उपस्थिति रहेको थियो ।
कम्पनीले कोरोना उपचारको लागी प्रदेश सरकारको राहत कोषमा ५ लाखको दरले सहयोग गर्ने पूर्व घोषणा अनुसार प्रदेश नम्बर १, गण्डकी प्रदेश र प्रदेश नम्बर ५, कर्णाली प्रदेशलाई सहयोग राशी बराबरको चेक हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ ।