काठमाडौं । ग्लोबल आईएमई बैंकले बिभिन्न बचत खाताको प्रदान गर्दै आएको व्याजदर घटाएको छ ।
साथै बैंकले मुद्दती निक्षेपमा दिने व्याजदर पनि घटाएको बैंकले जानकारी दिएको छ ।बैंकले विभिन्न खातामा नयाँ व्याजदर घोषणा गरेका । उक्त नयाँ व्याजदर बैशाख १ गतेदेखि लागू हुने बैंकले जनाएको छ।
बैंकले बचत खातामा ० दशमलव ७५ देखि ५दशमलव ५ प्रतिशत व्याज दिने जनाएको छ। । यस्तै, मुद्धती निक्षेपमा संस्थागत तर्फ ७ दशमलव १० र व्यक्तिगत ८ दशमलव २५ प्रतिशत व्याज दिने बैंकको जानकारी दिएको छ । त्यस्तै, कर्जा तर्फ भने आधारद रमा १ प्रतिशत देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर व्याज लिने बैंकले जनाएको छ ।