काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ३ हजार भन्दा बढी पुगसकेको छ । जसमा ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने कूल संक्रमितमध्ये ३ लाख ५६ हजार भन्दा बढि उपचारपछि घर फर्केका छन् ।
कारोना महामारीका कारण विश्व नै आंतकित बनेको छ । यस रोगबाट सबैभन्दा धेरै विश्वको नै शक्तिशाली राष्ट्र अमेरिकामा ४ लाख ६८ हजारभन्दा बढी सक्रमित भएका छन् । जसमा १६ हजार ६ सय ९७ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ९ सय २८ जना उपचारपछि घर फर्केको अवस्था छ ।
त्यस्तै, स्पेनमा १ लाख ५३ हजारभन्दा बढी यस रोगबाट संक्रमित भएका छन् । जसमा १५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । इटालीमा १ लाख ४३ हजारभन्दा बढी संक्रमित भएको छन् भने १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
त्यसैगरी छिमेकी राष्ट्र भारतमा ६ हजारभन्दा बढी यस रोगबाट संक्रमित भइसकेको अवस्था छ भने २ सय २७ जनाले ज्यान गुमाइसकेको छन् । जसमा ६ सय ३५ जना उपचारपछि घर फर्केको अवस्था छ ।
आज यो समचार तयार पार्दासम्म चिनमा भने ८१ हजारभन्दा बढी संक्रमित भएका छन् । चिनमा ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेको अवस्था छ ।
नेपालमा हालसम्म ९ जना संक्रमित भएका छन् । एक जना उपचारपछि घर फर्केका छन् ।
वर्ल्ड मेटर्सको तथ्यांक अनुसार