काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको सिईओमा किरण कुमार श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन् । राष्ट्रिय बाणिज्य बैंकको आज बसेको सञ्चालक समितिको बैठकले सिईओमा किरण कुमार श्रेष्ठलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
चार वर्षअघि खुल्ला प्रतिस्पर्धाबाट सिईओ बनेका श्रेष्ठको कार्य प्रगति उत्साहजनक भएको प्रतिवेदन अर्थमन्त्रालयले गठन गरेको कार्यदलले दिएपछि उनको कार्यकाल दोहोर्याइएको हो ।