IME Life

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्ने प्रधानमन्त्रीको घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीको बीमा गर्ने घोषणा गरेका छन् । आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोरोना रोगको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको बीमाको व्यवस्था गरिएको छ ।’

प्रधानमन्त्रीले बीमा गरिएको उल्लेख गरेपनि बीमा गर्ने प्रक्रिया प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अघि बढाएर कार्यान्वयनको चरणमा पुग्नै लागेको जनाइएको छ ।

Prabhu
Crest

त्यस्तै, सम्बोधनको क्रममा प्रधानमन्त्रीले अप्ठेरोमा अवस्थामा सरकारको आलोचना गरेर भ्रष्टाचार भयो भन्दै सिंगो सरकारलाई बद्नाम गर्ने र कुनै कामै गर्न नसक्ने अवस्था सिर्जना गर्नेहरुलाई इतिहासले मूल्याङ्कन गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘मानिसको संस्मरण छोटो होला तर, इतिहास निर्मम हुन्छ, त्यसले मूल्याङ्कन गर्छ ।’ सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरसविरुद्धको विश्वव्यापी अभियानमा नेपालका राजनीतिक दलहरु प्रमुख प्रतिपक्ष दल लगायतले खेलेको भूमिका सरकारको शक्ति अझै सशक्त भएको बताए ।

प्रधानमन्त्री ओलीले २०७२ को भूकम्पमा जस्तै मानवीयताका आधारमा सिंगो राष्ट्र एक ढिक्का हुनुपर्ने समेत बताए । कोरोना भाइरस विरुद्धको सबैभन्दा बलियो हतियार सामाजिक दुरी भएकोले सामाजिक दुरी कायम राख्नको लागि लकडाउन एक मात्रै विकल्प भएको प्रस्तुत गर्दै केही समय अप्ठेरो सहन जनताका लागि आह्वान गरेका छन् ।

विकसित विश्व जगत कोरोना भाइरसका विरुद्धमा लड्न तयार नभएको अवस्थामा अवस्थामा नेपालले गरेको तयारी, सीमित स्रोत साधनका लागि प्राप्त नतिजाले आफू सन्तुष्ट रहेको स्मरण गराउँदै सरकारले चालेको कदममा जनताले दिएको साथका कारण कोरोना सानो घेरामा रहेको बताएका छन् ।

https://www.facebook.com/watch/live/?v=220024442581794&ref=watch_permalink

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS