काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन ७ दिन थप गर्न आज मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । आज अपरान्ह बालुवाटारमा बस्ने बैठकले २०७७ बैशाख २ गतेसम्म लकडाउन थप गर्ने सम्बन्धमा निर्णय हुने जनाइएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले जारी लकडाउन आगामी एक सातासम्म थप गर्न मन्त्रिपरिपषद समक्ष सिफारिस गर्ने निर्णय गरेको र कोरोना संक्रमितबाट थप जोखिम देखिएकाले जारी लकडाउन थप गर्ने निर्णय गर्न लागिएको हो ।
जारी लकडाउन भोलिबाट सकिदैछ । आज पुनः ७ दिन थप भएपछि २०७७ बैशाख २ गतेसम्म सिंगो देश लकडाउनमा पर्नेछ ।