IME Life

कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ हजार नजिक, दैनिक एक लाखका दर फैलिन थाल्यो संक्रमण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोबेल कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ६४ हजार सात सय २७ पुगेको छ । वल्र्डमेटर्स डट इन्फोका अनुसार आइतबार विहान यो समाचार तयार गर्दासम्म विश्वमा जम्मा १२ लाख १ हजार ९ सय ६४ जना यो रोगबाट संक्रमित भइसकेका छन् भने २ लाख हजार ६ सय ३८ जना यो रोकबाट छुटकरा पाइसकेको अवस्था छ ।

कोरोनाको संक्रमण दैनिक एक लाखको दरले थपिन थालेका छन् । चीनको वुहानबाट एक जनाबाट सुरु भएको कोरोना विश्वव्यापी नियन्त्रण प्रयासका वावजुद तीन महिनापछि दैनिक एक लाखको दरले संक्रमण फैलिन थालेको हो ।

Prabhu
Crest

विश्वका विभिन्न देशमध्ये सबैभन्दा धेरै इटालीमा १५ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ । यो रोगबाट सबैभन्दा धेरै अमेरिका ग्रसित भएको छ । उक्त रोगबाट अमेरिकामा ३ लाख ११ हजार जना मानिस संक्रमित भइसकेका छन् भने अमेरिकामा यस रोगबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ५२ पुगेको छ ।
चिनमा यसै रोगबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय २९ पुगेको छ भने ८१ हजार सट ६९ जना यस रोगबाट संक्रमित भएका छन् ।

उता, छिमेकी राष्ट्र भारतमा हालसम्म ९९ जनाको मृत्यु भइसकेको अवस्था छ भने उक्त रोगबाट ३ हजार ५ सय ८८ जना संक्रमित भएका छन् ।

स्पेनमा कोरोना रोबाट ११ हजार ९ सय ४७ जनाको मृत्यु भइसकेको छ । यही रोगबाट स्पेनमा १ लाख २६ हजार जना संक्रमित भइसकेको अवस्था छ ।

नेपालमा भने हालसम्म ९ जना यस रोगबाट संक्रमित भएका छन् । एक जना भने निको भएर घर फर्किसकेको अवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS