काठमाडौं । नेपाली जनतालाई कारोनाबाट जोगाउन सरकारले गत चैत्र ११ गतेदेखि लागू गरेको लकडाउन विराटनगरमा उल्लंघन भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले लकडाउन कायम गर्न नसकेपछि आज साँझदेखि विराटनगरमा नेपाली सेना परिचालन गरिएको छ ।
लकडाउनको समयमा सर्वसाधारणहरु घर बाहिर निस्कने, क्रिकेट खेल्ने, सामूहिक रुपमा भेला भई अड्डा जमाएर गफ गर्ने क्रम बढेपछि विराटनगर महानगरमा शुक्रबार साँझदेखि नेपाली सेना परिचालन गरिएको हो । शुक्रबार नै विराटनगरका विभिन्न स्थानमा नेपाली सेनाले गस्ती गरेको त्यहाँबाट पत्रकार विक्रम लुईटेलले बताए ।
भारतको दार्जिलिङमा एकै घरमा ९ जना कोरोना संक्रमित भेटिएको सन्दर्भमा लकडाउन तोड्ने प्रयास गरेपछि शुक्रबार साँझदेखि सयौं नेपाली सेना विराटनगरमा उत्रिएका छन् ।