काठमाडौं । एनएमबी बैंकले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा एक करोड ५१ लाख रुपैयाँ आज हस्तान्तरण गरेको हो ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले एक करोड ५१ लाख रुपैयाँको चेक बिहिवार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
त्यस्तै, बैंकले डिजिटल बिल (रकम ट्रान्सफर होइन, क्यूआर कोडमार्फत गरिने भुक्तानी) को कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड–१९ रोकथाम कोषमा दाखिला गर्ने समेत जनाएको छ ।