काठमाडौं । एनसीसी बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि संघीय सरकार र प्रदेश सरकार दुवैलाई गरी कूल एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकले संघीय सरकारले प्रधानमन्त्री कार्यालय मातहत खोलिएको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६५ लाख र देशका ७ वटै प्रदेश सरकारको खातामा पाँच लाखका दरले कूल ३५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । कोरोना उपचार कोषमा रकम जम्मा गर्ने क्रम तीव्र भएको छ बिहिवारसम्ममा सरकारी कोषमा अर्बभन्दा बढि जम्मा भएको छ ।