काठमाडौं । महालक्ष्मी विकास बैंकले श्रमिकहरुलाई राहत हस्तान्तरण गरेको छ , बैंकले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप खाद्यान्न बितरण गरेको हो ।
बैंकले चार लाख रुपैंया बराबरको खाद्यान्न सामाग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको छ । उक्त खाद्यान्न बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोगले असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।