Connect IPS
IME Life

बीमा समितिद्वारा थप राहतको घोषणा, अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरणको म्याद थपियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाैं । काेराेना महामारीका कारण सिंगाे देश लकडाउनमा फसेकाे बेला बीमा समितिले बीमित, बीमा अभिकर्ता र सर्भेयरलाई थप राहतकाे घाेषणा गरेकाे छ ।

बीमा समितिले आज नयाँ निर्देशन जारी गर्दै बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरण गर्ने म्याद बैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेका छ । बीमा समितिले चैत्र महिनाभित्रमा नविकरण गराईसक्नुपर्ने बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स आगामी २०७७ साल बैशाखसम्ममा नविकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

Prabhu
Crest

त्यसैगरी, बीमितिले बीमा नविकरणको लागि लिखित रुपमा विद्युतीय माध्यमबाट समेत अनुरोध भई आएमा बीमा पोलिसी नविकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

त्यस्तै, बीमा समितिले बीमितलाई राहत दिँदै बैशाख मसान्तसम्म जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा कुनै पनि ब्याज तथा थप शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

त्यसैगरी, निर्जिवन बीमा कम्पनीहरुलाई विद्युतीय माध्यमबाट आएको दावी भुक्तानीको समेत प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

कोरोना महामारीका कारण सबै बीमा कम्पनीहरुले भौतिक कार्यालय बन्द गरी विद्युतीय कार्यालय सञ्चालन गर्दै आएको छ । बीमा समितिको निर्देशनपछि बीमा कम्पनीहरुले सञ्चालन गरेका विद्युतीय कार्यालयले थप आधिकारिता पाएर दैनिक कार्य सञ्चाजन झनै सहज हुने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS