काठमाडौं । एनआईसी एशिया बैंकले आज ३५ शाखा कार्यालय मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ। सरकारले गरेको लकडाउनलाई मध्यनजर गर्दै आज बैंकले यी ३९ शाखा कार्यालयबाट सेवा दिने जनाएको छ ।
बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ।
बैंकका अनुसार आज प्रदेश नम्बर १ का ८ शाखा, प्रदेश नम्बर २ का १२ शाखा, वाग्मती प्रदेशका ९ शाखा, गण्डकी प्रदेशका २ शाखा, प्रदेश नम्बर ५ का ४ शाखा, कर्णाली प्रदेशका १ शाखा र सुदूर पश्चिम प्रदेशका ३ शाखा कार्यालय खुला गर्ने जनाएको छ ।