काठमाडौं । नेपाल आयल निगम लिमिटेडले इन्धनको मुल्यमा उच्च दरले घटाएको छ । कोरोना भाइरसको महामारीका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमलाई आज भारतबाट प्राप्त नयाँ मूल्यसूचि अनुसार डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँको दरले घटाइएको हो । भारतीय आयल कर्पोरेशनसँग इन्धन खरिद गर्ने निगमलाई प्रत्येक महिनामा दुई पटक १ र १६ तारिममा नयाँ मूल्यसूचि प्राप्त हुने गर्दछ । निगम संचालक समितिको बुधबार बसेको बैठकले आजै राती १२ बजेदेखि लागू हुने गरी प्रति लिटर मूल्य पेट्रोल ९६, र डिजल र मटितेलको ८५ रुपैयाँ कायम गरेको जनाएको छ ।