IME Life

नेपालभित्र कोरोनाको आशंकामा ९९ जना आईशोलेशनमा छन्ः स्वास्थ्य मन्त्रालय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रण अभियानमा रहेको नेपाल सरकारले देशैभरिका स्वास्थ्य संस्थाहरुमा ९९ जना कोरोना आशंकामा आईशोलेनमा रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले संक्रमितसँगको सम्पर्क तथा ज्वरो लगायतका लक्षणका आधारमा कोरोना शंकास्पद देखिएका ९९ जना देशका विभिन्न भागमा आईशोलेशनमा राखेर परिक्षण कार्य भइरहेको बताए ।

Prabhu
Crest

डा. देवकोटाका अनुसार हालसम्म एक हजार ३३३ जनाको कोरोना परिक्षण गरिएको छ । त्यस्तै अर्को महत्वपूर्ण कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्ने काम ८४ प्रतिशत सम्पन्न भएको बताए । महामारी नियन्त्रणको लागि कन्ट्याक ट्रेसिङ महत्वपूर्ण हुने हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च प्राथकिताका साथ संक्रमितका नजिक रहेकाहरु सबैलाई एक जना पनि नछुटाई परिक्षण गरिएको जानकारी गराए । प्रबक्ता डा. देवकोटाले २४ घण्टामा छ हजार वटा कल आएको जानकारी दिए । सो मध्ये दुई हजार तीन सयभन्दा बढि प्रश्नको उत्तर दिइएको बताए ।

नयाँ ल्याब स्थापना गर्ने सम्बन्धमा धरान, पोखरामा परिक्षण सुरु भइसकेको र बागमति प्रदेशको हेटौडामा आजै परिक्षण गरिने बताए । धनगढी, सुर्खेतमा कोरोना टेष्ट गर्ने ल्याब स्थापना गर्ने काम द्रूत गतिमा भइरहेको जानकारी दिए । एप्सबाट कोरोना रिपोर्टिङ गर्ने क्रममा एक हजार भन्दा बढि मानिसले ज्वरो आएको भन्दै आवेदन दिएको र १२ जना मात्रैमा शंकास्पद देखिएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS