काठमाडौं । हालसम्म विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । ७ लाख ८५ हजार ७ सय ७७ जना यस रोगबाट संक्रमित हुन पुगेका छन् भने १ लाख ६५ हजार ६ सय ७ जना यस रोकबाट छुटकारा पनि पाइसकेको अवस्था छ ।
चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विश्वमा नै सबैभन्दा धेरै इटाली नागरिकले ज्यान गुमाउन पुगेका छन् । आज मङगलबारसम्मको तथ्थाकलाई हेर्ने हो भने इटालीमा ११ हजार ५ सय ९१ जनाको मृत्यु भइसकेको छ भने ७ सय ३९ जना संक्रमित छन् ।
त्यस्तै, शक्तिशाली मुलुक अमेरिका यस रोग सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । अहिलेसम्म १ लाख ६४ हजार २५३ नागरिक सङ्क्रमित भएका छन् भने तीन हजार १ सय ६५ जनाको ज्यान गइसकेको छ ।
यो रोगबाट विश्व नै आंतकित भएको छ । नेपालमा हालसम्म ५ जना संक्रमित भएका छन् भने एक जनालाई निको समेत भइसकेको अवस्था छ ।
स्रोत : वल्र्डमिटर्स डट इनफो