काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले कोरोना भाइरसको रोकथामका लागि ४९ लाख रुपैयाँ सहयोग गरेको छ । सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले उक्त रकम सहयोग गरेको बैंकले जनाएको छ।
संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकारको कोषमा रू। ७/७ लाखका दरले जम्मा हुने गरी सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।
यस सहयोगबाट कोरोना भाइरसको रोकथामका साथै सिमान्तकृत तथा निम्न आय भएकाहरूलाई दैनिक उपभोग्य सामग्री प्रदान गर्न टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।