काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले चैत २५ गतेसम्मको लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।यसअघि बोर्डले चैत १० गतेदेखि लागू हुनेगरी पाँच कारोबार दिन शेयर कारोबार रोक्न बोर्डलाई चैत ९ गते निर्देशन दिएको थियो ।
सोही निर्देशन बमोजिम नेप्सेले चैत ११ गते घोडेजात्राको सार्वजनिक बिदा कटाएर चैत १७ गतेसम्मको कारोबार बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको समयावधि सोमवार सकिएको थियो । आईतबार बसेको मन्त्रीपरीषद्को बैठकले लकडाउन अवधि थप्ने निर्णय गरेपछि शेयर बजार पनि बन्द गर्ने निर्णयमा नेप्से पुगेको हो ।
आइतबार धितोपत्र बोर्डले पनि लकडाउनको अवस्थामा बजार चलाउन सक्ने अवस्था नभएकोले धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले गरेको व्यवस्था अनुसार निर्णय लिन नेप्सेलाई सुुझाव दिएको थियो । उक्त सुझाव आधारमा नेप्सेले २५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।