काठमाडौं ।मन्त्रीपरिषद् बैठकले नयाँ गभर्नर चयनका लागि सिफारिस समिति बनाएको छ । समितिमा अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराईसहितको तीन सदस्य समिति गठन गरिएको हो ।
चैत ५ गतेबाट राष्ट्र बैंकमा गर्भनरको पद खाली भएको छ ।हाल केन्द्रीय बैंककै वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी दिइएको छ । अर्थमन्त्री खतिवडाले चैत ५ गते अघि नै गर्भनर आउने बताए भने त्यो हुन सकेन ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था अनुसार मन्त्रीपरिषद्ले गभर्नर नियुक्ति गर्नका लागि सिफारिस समिति गठन गरेको हो । अब गभर्नरको आकांक्षीहरुको आवेदन माग हुनेछ । त्यसमध्येबाट समितिले मन्त्रीपरिषद्मा ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिसमा पर्ने तीनजना मध्ये एक जनालाई डेपुटी गर्भनर हुनैपर्ने व्यवस्था रहेको छ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।