IME Life

यसरी बस्यो मन्त्रिपरिषदको बैठक, लकडाउन चैत्र २५ गतेसम्म थप गर्ने निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक केहीबेर अघि सकिएको छ । सामाजिक दुरी कायम गर्दै बसेको मन्त्रिपरषदको बैठकले लकडाउन थप ८ दिन जारी राख्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले बताए । त्यस्तै, कोरोना जाँच्ने पोर्टेल मेशिन प्रदेशहरुमै पठाउने निर्णय भएको छ । कोरोना भाइरसबाट जनतालाई बचाउन सरकारले गत मंगलबार बिहानदेखि घोषणा गरिएको लक डाउनलाई लम्ब्याउँदै चैत्र २५ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।

Prabhu
Crest

आइतबार दिउँसो बसेको कोभिड १९ नियन्त्रण उच्च स्तरीय समन्वयन समितिले लक डाउनको अवधि लम्ब्याउनुपर्ने सिफारिस गरेको थियो । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चैत्र २५ गतेसम्म देशभर लक डाउन गर्ने निर्णय गरेसँगै सर्वसाधारण अझै एक साता घर बाहिर निस्कन पाउने छैनन् ।

बैठकले क्वारेन्टाईनमा नबसी भागेका विदेशबाट फर्किएकाहरुलाई तत्कालै पक्राउ गरी संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारवाही गर्न अर्थात छ महिनासम्म कैदमा राख्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS