काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्ध लडिरहेको सरकराले पुनः ७ दिन लक डाउन थप्ने भएको छ । आज अपरान्ह सिंहदरवारमा बसेको नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउन ७ सात दिन निरन्तर दिन मन्त्रिपरिषदलाई सिफारिस गरेको जनाइएको छ ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले लकडाउन ७ दिन थप गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
आजै अपरान्ह चार बजेपछि बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउन ७ दिन थप गर्ने सम्बन्धमा औपचारिक निर्णय गर्नेछ । बैठकमा अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडा, गृहमन्त्री रामबहादुर थापा बादललगायतका मन्त्री तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।