बुटवल । दुबईबाट नेपालफर्केपछि बुटवलस्थित सैनामैनामा रहेको आईसोलेशनमा बसेका एक युवाको आज मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण हुनसक्ने आशंकामा उनलाई आईशोलेशनमा राखिएको थियो ।
बैदेशिक रोजगारीबाट फर्केका उनलाई कोरोनाको संक्रमणरहित पुष्टि नहुन्जेल आईसोलेशन राखिएको थियो । उनको स्वावको नमुना परिक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । रिपोर्ट नआउँदै उनको मृत्यु भएको हो ।
मृतक व्यक्ति रुपन्देहीको सैनामना नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय युवा भएको बताइएको छ । शुक्रबार उनलाई बुटवलको कोराना अस्पतालको आईसोलेनमा राखिएको थियो ।