IME Life

२४ घण्टाभित्रैमा पाँचौ संक्रमित भेटियो, देशैभरि त्रास बढ्यो, बेल्जियमदेखि कतार–काठमाडौं–पोखरा हुँदै बाग्लुङसम्म सरर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा पाँचौं कोरोना संक्रमित भेटिएको पुष्टि गरेसँगै देशैभरि त्रास बढेको छ । हिजो चौथो कोरोना संक्रमित धनगढीमा भेटिएकोमा त्यसको २४ घण्टा नबित्दै पाँचौ कोरोना संक्रमित भेटिएपछि सर्वसधारण थप त्रसित बनेका हुन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले राजधानी बाहिर पनि कोरोना फैलिएको हुनसक्ने भन्दै सबैलाई घरभित्रै बस्न आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. बिकाश देवकोटाले पाँचौ कोरोना संक्रमित बाग्लुङकी भएको पुष्टि गरेका छन् । बाग्लुङकी १९ वर्षिय युवती, बेल्जियबाट कतार हुँदै गत चैत्र ४ गतेको कतार एयरको क्वूआर ६५२ बाट काठमाडौं आएको मन्त्रालयको भनाई छ । पोखराबाट प्राप्त सूचनामा ति युवती बेल्जियममा रहेकी आफ्नी आमालाई भेटेर फर्केकी थिईन् । उनी कतार एयरबाट काठमाडौंमा अवतरण गरेर सोही दिन जहाजमार्फत पोखरा पुगेकी थिईन । साथै पोखराबाट जिप लिएर बाग्लुङस्थित घर पुगेको परिवारका सदस्यलाई उध्रित गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Prabhu
Crest

उनी चिकित्सकको सम्पर्कमा रहेकी छिन्, उनको स्थिति सामान्य छ । कतार एयरको सोही उडानमा फ्रान्सबाट आएकी एक अर्की युवती पनि कोरोना भाइरस पोजेटिभ भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचार भइरहेको छ । सोही जहाजमा यात्रा गर्ने दोस्रो व्यक्ति कोरोना पोजेटिभ भेटिएकी हुन् ।

स्वास्थ्य मन्त्रालयले हालसम्म ८७५ वटा कोरोनाको नमुना परिक्षण भएको र सो मध्ये पाँच वटा पोजेटिभ भेटिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले मानिसहरुलाई घर बाहिर ननिस्कन र होम क्वारेन्टाईनमा बस्न आग्रह गरेको छ । साथै टेष्टलाई तीव्र पार्नुपर्ने अवस्था रहेको जनाएको छ ।

पाँचौ कोरोना संक्रमित भेटिएसँगै सिंगो देशमा त्रास बढेको छ । राजधानी बाहिर धनगढी र पोखरा हुँदै बाग्लुङसम्म कोरोनाको केस फेला परेपछि सिंगो देशमा त्रास बढेकोे हो । चैत्र ४ गते कतार एयरमार्फत काठमाडौंमा उत्रिएका यात्रुहरु ४० जिल्लामा छरिएको र कम्तीमा एक देखि ११ जनासम्म यात्रुहरु ४० वटा जिल्लामा पुगेको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेसँगै सिंगो देशमा त्रास बढेको हो । अझ काठमाडौंदेखि पोखरा र नेपालगन्जसम्म हवाई जहाजमा यात्रा गरेकोलाई कोरोना फेला परेपछि जहाज चढ्ने उच्च घरानियाहरुमा समेत कोरोनाको त्रास बढेको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को संक्रमणले नेपालमा पारेको असर र कोरोना विरुद्धको लडाईमा सरकारले गरिरकोे काम कारवाहीबारे सरकारसँग ब्रिफिङ लिएकी छिन् । शनिबार अपरान्ह कोभिड–१९ रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडा शितल निवास पुगेर राष्ट्रपति भण्डारीलाई संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले गरेको काम कारवाहीबारे जानकारी गराएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS