IME Life

नेपाल एयरलाइन्सको जहाज नेपालगन्जमा दुर्घटना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना संक्रमणको आशंकामा आईसोलेशनमा बसेका बिरामीहरुबाट संकलन गरिएको रगत लिन गएको नेपाल एयरलाइन्सको सानो जहाज आज अपरान्ह नेपालगन्जस्थित विमानस्थलमा चिप्लिएर दुर्घटनामा परेको छ ।

घटनामा चालकदलका सदस्य तथा चिकित्सकहरु सकुशल छन् । काठमाडौंबाट नेपालगञ्जका लागि उडान भरेको नेपाल एयरलायन्सको चिनियाँ वाइ–१२ जहाज अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो । विहान ११ः३० बजे अवतरणको क्रममा दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Prabhu
Crest

धावनमार्गबाट चिप्लेको जहाज घाँसै मैदान समेत पार गर्दै झाडीमा पुगेर रोक्किएको छ । कुनै बस्तुसँग नठोक्किएकोले दुर्घटनामा क्षति नभएको जनाइएको छ । उक्त जहाजमा तीन चालक दलका सदस्य र दुई चिकित्सक थिए । सबै सकुशल रहेको नेपालगन्ज विमानस्थलले जनाएको छ । रगतको नमुना सहित चिकित्सक लिन पुनः अर्को जहाज पठाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS