IME Life

न्यूनतमआवागमन खुल्ला, खाद्यान्न उत्पादन, ढुवानी तथा किनमेल गर्न छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले गत सोमबार लागू गरेको लकडाउनलाई केही खुकुलो बनाएको छ । यद्यपि यसको प्रयोजन दैनिक उपभोग्य बस्तुहरुको ढुवानी, वितरण तथा उत्पादनसँग सम्बन्धित हुनुपर्नेछ ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा हिजो शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठकले न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेको हो । सरकार प्रबक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले जनताको दैनिकी चलाउन आवश्यक वस्तुको उत्पादन, ढुवानी, वितरण र त्यसका ग्राहकहरुको आवागमनलाई सहज बनाउन न्यूनतम आवागमन खुला गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

Prabhu
Crest

सरकारले बेखर्ची भएर बीचमा अलपत्र परेका सबैलाई उद्धार गर्ने निर्णय समेत गरेको छ । लकडाउनअघि बीच बाटोमा परेका, घरसम्म फर्कन नपाएकाहरुलाई उद्धार गरी सम्बन्धित ठाउँमा पुर्याउने निर्णय समेत गरेको छ । त्यस्तै, विदेशमा बेखर्ची भएका विद्यार्थीका अभिभावकहरुले खर्च पठाउन चाहेमा विदेशी मुद्रा सटही गरिदिने जस्ता निर्णयहरु हिजोको बैठकले गरेको छ । यससँगै जनजीवन केही सहज हुने अनुमान गरिएको छ भने अनावश्यक भिडभाड पनि बढ्ने देखिएको छ ।

न्यूनतम आवागमन खुल्ला गर्ने निर्णयसँगै बन्द रहेका बैंक तथा बीमा कम्पनीका न्यूनतम कार्यालय सुचारु गर्ने बाटो खुल्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS